काठमाडौं, असोज २०
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको
छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१
हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१
हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज
चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१९ असोज २०८१, आईतबार ११:५६ मा प्रकाशित