काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो ।
३२ साउन २०८२, आईतबार ११:५० मा प्रकाशित