काठमाडौं, भदौ १६
एन्फा महिला लिग फुटबल आजदेखि सुरु
हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन
खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
यो खेल दिउँसो तीन बजे एन्फा
कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश
निःशुल्क छ । खेल दिउँसो ३ बजे ललितपुरको
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ ।
आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काअनुसार लिग दुई चरणमा
हुनेछ ।
प्रतियोगितामा कुल १० टोलीले
प्रतिस्पर्धा गर्दैछन्। जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, दुई स्थानीय निकाय वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।
लिगको विजेताले १० लाख, दोस्रोले ५ लाख, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पुरस्कार
प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलका प्लेयर अफ द म्याचले ५
हजार रुपैयाँ पाउने छन् ।