सिराहाको गोलबजारमा एक जना महिलाको हत्या

Jhalkonepal

 सिराहा, फागुन २६

 सिराहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ ।

गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति हत्या भएको हो ।

सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको प्रहरी कायर्लय सिराहाका  प्रवक्ता उदयमान जुबेदीले बताउनु भयो । उहाँका अनुसार अनुहारमा  ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो ।मृतक अनिताका पतिसमेत  अचेत अवस्थामा फेला परेके प्रहरीले बताएके छ ।

राति २ बजे मात्र यो घटना विषयमा प्रहरीले जानकारी पाएको थियो । घटनास्थलमा एसपी सन्तोष आचार्यको टोलि पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया