दोस्रो टि२० मा नेपाललाई १६१ रनको लक्ष्य

Jhalkonepal


काठमाण्डौं, बैशाख १६

दोस्रो टि२० क्रिकेटमा नेपालले रनको लक्ष्य पाएको छ । टस जितेर वेष्टइन्डिज ए ले पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो । पहिलो टि२० मा ठुलो स्कोर बनाएको वेष्टइन्डिजलाई आज भने नेपाली बलरहरुले खुलेर सट प्रहार गर्ने मौका दिएनन् । वेष्टइन्डिज एले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो । 

तेस्रो ओभरमै स्पिनरहरुको प्रयोग गरि नेपालले सफलता प्राप्त गर्यो सागर ढकालले तेस्रो ओभरमा २ विकेट लिएर वेष्टइन्डिजलाई दबाबामा राखे । यस्तै दशौ र चौधो ओभरमा कुशल भुर्तेलले विकेट लिएर वेष्टइन्डिजको मध्यक्रमलाई दबाबमा पारे । तर अन्तिम ओभरमा गुडाकस मोतीले ८ बलमा ३३ रन बनाउदै वेष्टइन्डिजको स्कोर १५० पार पुगाए । वेष्टइन्डिजले अन्तिमका २ ओभरमा ४० रन जोेडेको थियो ।   

बेष्टइन्डिजका आन्द्रे फ्लेचरले सबैभन्दा वढि ४३ रन बनाए । यस्तै कप्तान रोष्टन चेजले २३ केइसी कार्टेले ११ रन बनाए । 

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २,२ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले १,१ विकेट लिए । 


प्रतिक्रिया