सुभेष सिनाल
काठमाण्डौं, माघ १९
आइसीसी अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले निराजनक प्रदर्शन गरेको छ । सुपर सिक्स अन्तरगत आज भएको खेलमा नेपालको ब्याटिंग चल्न नसकेपछि भारतसंग रनको विशाल अन्तरले हार ब्यहोरको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका तर्फबाट उदय शरण र सचिन धासले सतक प्रहार गरे । उदयले १०० र सचिन ११६ रन बनाएर भारतलाई ठुलो स्कोर सम्म पुगाएका थिए । नेपालको तर्फबाट गुल्शन झाले ३ र आशास चन्दले १ विकेट लिए भने एकजनालाई ब्याटर रन आउट भएका थिए ।
२९८ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले पहिलो पावर प्लेको १० ओभरमा सम्हालिएर खेल्दै कुनै विकेट गुमाएको थिएन । तर त्यसपछि लगातार विकेट गुमाएर नेपालले लय समाउन सकेन । नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १६५ रन मात्र जोड्न सक्यो । नेपालको तर्फबाट कप्तान देव खनालले ३३ रन, दिपक बोहराले २२ र अर्जुन कुमालले २६ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । गुल्सन झा आज पनि १ रन मात्र बनाएर आउट भए । अन्तिम विकेटको रुपमा दुर्गेस गुप्ताले २९ र आकास चन्दले १८ रन बनाए ।
भारतका सौम्य पाण्डेले ४ विकेट लिए भने आर्सिन कुलकर्नीले २ विकेट लिए ।