काठमाण्डौ, पुस २४
सुनको भाउ आज भने बढेको छ । लगातार तीन दिन देखि सुनको भाउ स्थिर भएकोमा आज तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
आज सुन बढेर तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
२३ पुस २०८१, बुधबार १२:२० मा प्रकाशित