सुनचाँदीको मूल्य आज पनि घट्यो

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी ११० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो । 

गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० रुपैयाँमा किनबेच भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया