एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै

Jhalkonepal

काठमाण्डाै, मंसिर २९

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । 

प्रतिक्रिया