काठमाडाैं , जेठ २
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ ।
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।
धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ ।
विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।
३ जेठ २०८२, शनिवार ०१:२२ मा प्रकाशित