लुम्बिनीः मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

Jhalkonepal

लुम्बिनी , चैत २३

 

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजिनामा दिएका थिए । त्यस लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।

प्रतिक्रिया