जनकपुरधाम, भदौ २९
जनकपुरधाममा सडकमा रहेको खाल्डोमा खसेर एकजना बालकको ज्यान गएको छ । निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको ज्यान गएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।आज बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।
२८ भदौ २०८०, शुक्रबार १०:११ मा प्रकाशित