दैलेख,कार्तिक २३
दैलेखबाट सुर्खेततर्फ गुडिरहको मिनिबस वीरेन्द्रनगर नगरपालिका–१४
रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले
जनाएको छ ।
ज्यान गुमाउनेहरूको पहिचान खुलेको
छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०९९८
नम्बरको मिनिबस दुर्घटनामा परेको हो । घाइते २५ जनालाई उद्धार गरी थप उपचारका लागि
कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको प्रहरीले जनाएको छ ।
२२ कार्तिक २०८१, शुक्रबार ०५:०७ मा प्रकाशित