भण्डारी र पाैडेलकाे कप्तानीमा एकदिवसीय र टी–२० क्रिकेट खेल आज हुँदै

Jhalkonepal

काठमाण्डौ, चैत २३


   नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ , भने भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपाल र बरोडाबीच पनि आजै खेल हुँदैछ ।

 

नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरू हुनेछ भने एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट खेल गुजरातमा नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

 

एकदिवसीय सिरिजको पहिलो खेलमा नमिठो हार ब्यहोरेको नेपाल ‘ए’ आजको खेल जितेर अंक बराबरी पार्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएपनि नेपाल २५.३ ओभरमा १३६ रनमात्रै बनाएर अल आउट भएको थियो ।

 

त्यस्तै भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटमा यसअघि नै नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।

 

एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि  आइतवार  हुनेछ ।

 

एकदिवसीय सिरिजको कप्तानी पनि विनोद भण्डारी र टी–२० क्रिकेट शृङ्खलाको कप्तानी राेहित पाैडेलले गरेका छन् ।

प्रतिक्रिया