रविको थुनछेक बहस सकिएन, हिरासतमा पठाउन आदेश

Jhalkonepal

चितवन, माघ २३

चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले हिरासतमा पठाउन आदेश दिएको छ। 

बुधबार जिल्ला अदालत चितवनले लामिछानेको मुद्दामा बहस नसकिएकाले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो।

न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। 


प्रतिक्रिया