विश्वकप उपाधी भिडन्त आज

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, मंसिर ३

एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधीको लागि आज भारत र अस्ट्रेलियाका विच प्रतिस्पर्धा हुदैछ । ६ टौं विश्वकपको उपाधी प्रयास गरिरहेको अस्ट्रेलिया र तेस्रो उपाधीको लागि भारत विच अहमदावादको नरेन्द्र मोदी स्टेडियममा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । दुबै टोलीले जितको लागि उत्कृष्ट रणनिति बनाएर अभ्यास गरेका छन । 

खेलभन्दा एकदिन अघिको प्रेस कन्फ्रेन्समा भारतिय कप्तान रोहित शर्माले पुराना तथ्यांक भन्दा पनि बर्तमानमा उत्कृष्ट खेल्ने आफ्नो रणनिति भएको बताए । यस्तै अस्ट्रेलियाका कप्ता पेट कमिन्सले भारतीय टोली कुनै पनि हिसाबलाई कमजोर नमाने पनि आफ्नो टोलीले छैटौं पटक विश्वकप जित्ने विश्वास ब्यक्त गरे । 

सन २०११ मा भारतले घरेलु मैदानमा विश्वकप जिते पछि आयोजक राष्ट्रले नै उपाधि जितेको र यो फाइनलमा १ लाख ३० हजार समर्थकको समेत साथ हुने भएकोल भारतिय समर्थकहरु भारत जित्नेमा विश्वस्त छन । २०१५ मा अस्ट्रेलियामा आयोजना भएको विश्वकप अस्ट्रेलियाले, २०१९ मा इंग्लैण्डमा आयोजना भएको विश्वकप इंग्लैण्डले नै जितेको थियो । 

यदपी भारत पछिल्लो १० वर्ष देखि आईसीसीले आयोजना गरेको प्रतियोगिताको उपाधी चुम्नबाट बन्चित रहेको छ । सन २०११ मा महेन्द्रसिंह धोनीको कप्तानीमा विश्वकप जिते पछि उनकै कप्तानीमा २०१३ मा च्याम्पिन्स ट्रफि भारतले जितेको थियो । धोनीलाई भारतको सबैभन्दा सफल कप्तानको रुपमा पनि चिनिन्छ । अन्तरराष्ट्रिय प्रतियोतिगा जित्नबाट पछिल्लो १० वर्ष देखि चुकेको दवाव भने भारतलाई हुनेछ । 

उता अस्ट्रेलियालाई भने १ लाख ३० हजार दर्शकको अगाडी उत्कृष्ट प्रदर्शन गर्ने दवाव हुनेछ । यसको साथै जाति प्रतियोतिगामा समुह चरणको खेलमा भारतसंग पराजित हुनुको दवाव र प्रतियोगिता भरि भारतका बलरहरुको उत्कृष्ट प्रर्दशनले चुनौति थपेको छ । यदपी कप्तान कमिन्सले छैटौं पटक विश्वकप जित्न आफ्नो टोली आत्मविश्वासले भरिएको दावी गरेका छन । 

भारतको जितको लागि भारतका विभिन्न शहरहरुमा पुजा तथा हवनहरु गरिएका भारतीय संचार माध्यमहरुमा समाचारहरु प्रकासित भइरहेका छन  । 

खेल आज दिउसो २ः१५ मा शुरु हुनेछ । आज खेलाइने पिचको विषयमा पनि मिडियामा केही विवादका समाचारहरु आइरहेका छन । आयोजक भारतले आफ्ना खेलाडी अनुकुल पिचमा खेल खेलाउने षडयन्त्र गरेको र आईसीसीले त्यसलाई नजर अन्दाज गरेको पनि टिप्पणीहरु भइरहेका छन । भारतले गत महिना विश्वकपलाई पाकिस्तानलाई हराएको पिचमा नै फाइनल खेल खेलाउने अन्तिम तयारी गरिएको समाचारहरु बाहिर आइरहेका छन ।  भारत र न्युजिलैण्डका विच मुम्बईको बान्खेडे स्टेडियममा भएको सेमिफाइनलको पिचको विषयमा पनि खेल शुरु हुनु अघि विवाद भएको थियो । यदपी खेल पछि न्युजिलैण्डका कप्तान विलियम्सन्सले पिचले दुबै टोलीलाई फाइदा भएको भन्दै बिबादलाई साम्य पार्ने प्रयास गरेका थिए ।  


प्रतिक्रिया