विराटनगर, साउन १२
नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट
बाहिरिएको छ ।
सरकारबाट बाहिरिए पनि माओवादीले सरकारलाई
दिएको समर्थन भने कायमै राख्ने भएको छ ।
माओवादी संसदीय दलका नेता
ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म
बसेको र आज राजीनामा दिन लागेको बताए ।
गत असार १७ गते केन्द्रमा
नेपाली कांग्रेस र
नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी कोशी
सरकारबाट बाहिरिन लागेको हो ।
केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण
गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको
माओवादीले जनाएको छ ।
१० साउन २०८१, शुक्रबार ०४:४७ मा प्रकाशित