राष्ट्र निर्माणमा शिक्षाको भूमिकाबारे गोष्ठी सम्पन्न

Jhalkonepal

काठमाडौं- तिलक फिल्म्स संस्थाको नवौं वार्षिकोत्सवको शुभ अवसरमा ‘राष्ट्र निर्माणमा प्राविधिक शिक्षा र कलाकारको भूमिका’ विषयक विचारगोष्ठी, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह–२०८२ राष्ट्रिय नाचघर, जमलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।


समारोहमा उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ शिक्षासेवी कुमुद भट्ट विशिष्ट अतिथि तथा दीपक जोशी सभापतिको भूमिकामा रहेका थिए।


कार्यक्रमको विशेष आकर्षणको रूपमा राष्ट्रिय शिक्षा सम्मान २०८२ प्रदान गरिएको थियो। सो अवसरमा सुदूरपश्चिम प्रदेश, कञ्चनपुरकी सरस्वती चन्द भट्टलाई शिक्षाक्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको थियो। आयोजकका अनुसार भट्टको निरन्तर सेवा, समर्पण र सक्रियताले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ।

अतिथिहरूले प्राविधिक शिक्षा, कलाकारिता र समाज रुपान्तरणबीचको सम्बन्धलाई महत्वपूर्ण बताउँदै यस्ता सम्मान तथा कार्यक्रमहरूले प्रतिभा र सेवाभावलाई अझ प्रोत्साहन गर्ने उल्लेख गरे। समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्व, शिक्षासेवी, कलाकार तथा स्थानीय वासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया