काभा महिला भलिबल : नेपाल र भारतकाे विजयी सुरूवात

Jhalkonepal

काठमाडौं,साउन १७

काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरूवात गरेको छ । घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सहज नतिजामा हरायो ।

त्यस्तै आजै भएकाे दाेस्राे खेलमा दाबेदार भारतले पनि पहिलो जित हात पारेको छ ।

इरानलाई तीन एकले हराउँदै भारतले विजयी सुरूवात गरेको हो। भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ।

प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन्।

पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ। अब नेपालले दोस्रो खेल भारतसँग शनिबार खेल्नेछ।

 

प्रतिक्रिया