काठमाडौँ, १८ असार
बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट
प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जाजरकोटको
शिवालय गाउँपालिका–७ घर भई बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय
रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय
पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको
टोलीले पक्राउ गरेको हो ।
हवल्दारपुरको फन
पार्क अगाडि शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्दा अफिमसहित
भेटिएका हुन् । उनीहरूको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्बरको मोटरसाइकल
बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका
प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला
अदालतबाट आज ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
१८ असार २०८१, मङ्गलबार १०:२० मा प्रकाशित