काठमाण्डाै, माघ १
भारतमा जारी खो–खो विश्वकपमा नेपालको महिला टोलीले विजयी शुरूवात
गरेको छ । नेपालको महिला टिमले आफ्नो पहिलो खेलमा भुटानलाई ९३–२४ ले हराएको हो ।
नेपालकी मानमती धामी उत्कृष्ट खेलाडी घोषित भइन् ।
सरस्वती कठायतको कप्तानीमा रहेको
महिला टोली नेपालले आजै नेपाली समयअनुसार सवा ४ बजे अर्को खेलमा जर्मनीसँग खेल्ने
छ । समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनीसँगै बङ्गलादेश र श्रीलङ्का
छन् ।
नेपालले भोलि श्रीलङ्कासँग, पर्सि बिहिवार बङ्गलादेशसँग खेल्ने
छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
पुरुषतर्फ समूह ‘ए’ मा रहेको
नेपालले पहिलो खेलमा भने भारतसँग ४२–३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज
बेलुका पौने ७ बजे पेरूसँग खेल्दै छ ।
२९ पुस २०८१, मङ्गलबार ०३:४८ मा प्रकाशित