काठमाडौं, h]7 %
अपराजित रहँदै एपीएफले ललितपुर मेयर्स मप महिला
टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय
क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई २ रनले पराजित गरेको हो
। प्रतियोगितामा एपीएफले अपराजित रहँदै उपाधि उचालेको हो ।
१५६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको
सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५३ रन बनायो । सुदूरपश्चिमका
लागि कविता जोशी ६७ र लक्ष्मी साउद २९ रनमा अविजित रहिन् ।
एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन
विष्टले १ विकेट लिए ।
पहिले ब्याटिङको निम्तो पाएको एपीएफले पूरै
ओभर खेलेर ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
एपीएफका लागि कप्तान सीता राना मगर र
राजमतीले अर्धशतकीय पारी खेलिन् । सीताले ५५ बलमा ८ चौका प्रहार गर्दै ७४ रन
बनाईन् । राजमतीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रनको योगदान गरिन् ।
सुदूरपश्चिमका लागि ऋतु कनौजिया, विन्दु रावल र राधिका पुजाराले १–१ विकेट
लिए ।