सुभेष सिनाल, मंसिर ३
विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । प्रतियोगिता भर उत्कृष्ट लयमा रहेको भारतिय ब्याटिंग फाइनलमा भने लडखडायो । टस जितेर पहिले फिल्डिंग गर्ने अस्ट्रेलियाको निर्णयलाई बलरहरुले सही सावित गर्दै लगातार भारतका विकेट झारे । भारतका लागि सबै भन्दा वढि विकेटकिपर ब्याटर के एल राहुलले ६६ रन बनाए । यस अघि भारतिय ओपनर शुभमन गिल मात्र ४ रन बनाएर आउट भए । त्यसपछि कप्तान रोहित शर्मा ४७ रन बनाएर खराब सट खेलेर आउट भए । विराट कोहलीले ५४ रन बनाएर भारतिय समर्थकको आशालाई केही बेर जिवित राखे पनि भित्रि किनारा लागेर उनी पनि आउट भए । सातौं नम्बरमा ब्याटिंग गर्न आएका सुर्यकुमार यादवले १८ रन बनाएर आउट भए । भारतका ७ ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन । भारतले अन्तिम बलमा अल आउट हुदै २४० रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै कप्तान पेट कमिन्स र हेजलवुडले २,२ विकेट लिए भने एडम जैम्पा, र ग्लेन मेक्सवैलले १,१ विकेटको योगदान गरे ।