सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

Jhalkonepal

    विराटनगर, असोज २७ 

सुनसरी र मोरङको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे सुनसरीको बर्जू गाउँपालिका(५ देवानगंज विराटनगर सडक खण्ड स्थितमा को ६ प  ९३३३ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ७० वर्षीय बेचुलाल शर्मालाई ठक्कर दिँदा घाइते भएका शर्माको विराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा बागमती प्रदेश ०१-०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिँदा घाइते भएका स्थानीय ५६ वर्षीय बोधविक्रम मुखियाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाइकल चालक देवानगंज-३ का २८ वर्षीय विनोद उराव र कार चालक भक्तपुर सुर्यबिनायक-९ का ३३ वर्षीय भास्कर गुरागाईँलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।


प्रतिक्रिया