एक हजारले बढ्यो सुनको मूल्य

Jhalkonepal

काठमाडौं, माघ ११

आन्तरिक माग बढेसँगै स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजारले बढेको हो।

बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ। बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच हुनेछ।

प्रतिक्रिया