सुभेष सिनाल
काठमाण्डौं, चैत्र १८
टि२० विश्वकप क्रिकेटको तयारीको लागि भारत भ्रमणमा त्यहाँको राज्य स्तरको टोली संग खेल्न लागेको मैत्रिपुर्ण त्रिकोणात्मक सिरिजमा विजयी शुरुवात गरेको छ । नेपाली टोलीले भारतको गुजरात राज्यको टोलीलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर गुजरातलाई ब्याटिंग गर्न दिएको नेपालले १८ औ ओभरमा गुजरातलाई ९८ मा रोक्दै सबै विकेट लिएको थियो । नेपालका तर्फबाट गुलशन झाले ४ र करण केसील्े ३ विकेट लिए भने सोमपाल कामीले पनि १ विकेट लिए ।
जितको लागि ९९ रनको लक्ष्य पक्ष्याएको नेपालले २ विकेटको क्षतिमा १६ औं ओभरमा जित हासिल गर्यो । नेपालका तर्फबाट कप्तान रोहितकुमार पौडेलले ३२ र अनिल शाहले नटआउट ३३ रन बनाए । नेपालका लागि ओपनर कुशल भुर्तेलले १७ र आसिफ सेखले १६ रन बनाएका थिए ।
नेपालले अव अर्को खेलमा चैत्र २० गते बडौरा राज्यको टोलीसंग खेल्ने छ। भारतमा अभ्यास खेल खेले पछि नेपाली टोली एसीसी प्रिमियर कम खेल्न ओमान जाने छ ।