न्युजिलैण्ड सामु ३९८ रनको लक्ष्य

Jhalkonepal


खेलकुद, कात्तिक २९

विश्वकप क्रिकेट २०२३ को सेमिफाइनलमा भारतले न्युजिलैण्ड सामु जितको लागि ३९८ रनको चुनौति पेश गरेको छ  । मुम्बईमा टस जितेर भारतले पहिले ब्याटिंंग गरेको भारतले निर्धारित ५० ओभरमा मात्र ४ विकेटको क्षतिमा ३९७ रन बनायो । भारतको लागि विराट कोहलीले ५० औं सतक प्रहार गर्ने किर्तिमान खडा गर्दै ११७ रन बनाए । यस्तै भारतका मध्यक्रमका ब्याटर श्रेस ऐयरले पनि १०५ रन बनाएर प्रतियोगितामा दोस्रो सतक प्रहार गरे । यस अघि ओपनर भारतका कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए भने अर्का ओपनर शुभमन गिलले ८० रन बनाए । गिल ६८ रन हुदाँ घाइते भएर रिटार्यड हर्ट भएर मैदान बाहिरिएका थिए । पछि अन्चिममा उनी ब्याटिंग गर्न आएर थप १२ रन जोेडे । 

न्युजिलैण्डका टिम साउदीले ३ विकेट लिए पनि उनी सबैभन्दा महंगो सावित भए । साउदीले १० ओभरमा १०० रन खर्चिए । यस्तै टे«न्ट बोल्टले पनि १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । न्युजिलैण्डका बाकी बलरहरुले राम्रो बलिंग गर्न सकेका छैनन् । 


प्रतिक्रिया