काठमाडौ , पुस २६
सशस्त्र प्रहरीको पहलमा सुनसरीमा स्वास्थ शिबिर संचालन भएको छ । सीमा वासीसँग सशस्त्र प्रह्ररी कार्यक्रम अन्तगर्त सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीको आयोजना, सप्तकोशी न्युरो अस्पताल र रामलाल गोल्छा अस्पताल बिराटनगरको सह-आयोजना र भोक्राहा नरसिंह गाँउपालिकाको समन्वयमा शिबिर संचालन भएको हो । सुनसरीको भोक्राहा नरसिंह गाउपालिका वडा नम्बर २ स्थित श्री आधारभुत विद्यालय अकाहाको प्राङ्गणमा संचालन गरिएको नि-शुल्क स्वास्थ्य शिबिर कार्यक्रममा अँखा , हाडजोर्नी , गाइनो , न्युरो सम्बन्धि लगाएतको समस्याको बारेमा चेकजाँच तथा निशुल्क औषधि बितरण गरिएको छ । शिबिरमा महिला २सय २० जना र पुरुष १सय ८० जना गरि जम्मा ४ सय जनाले स्वास्थ्य सेवा लिएकोमा सबै भन्दा बढी आखाको मोतियाबिन्दुको समस्या जेष्ठ नागरिकहरुमा देखिएको शसस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताउनु भयो ।
सो कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको समेतको उपस्थिति रहेको ।यसैगरी यस अघि सशस्त्र प्रहरीले २४ औं सशस्त्र प्रहरी दिवसको अवसर रक्तदाक कार्यक्रम गरिएको छ जिल्ला प्याप्सन सुनसरी र नगर प्याप्सन इनरुवाको संयुक्त आयोजनामा इनरुवा १ महानन्द पार्कमा रक्तदान कार्यक्रमको आयोजना भएको हो । जहाँ १०० जनाले रक्तदान गरेका छ्न ।