धनकुटा , असोज ५ धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझीगाँउमा पिङ खेल्ने क्रममा लडेर १० बर्षे बालकको ज्यान गएको छ । मदन खड्काको १० वर्षीय छोरा मन्दीप खडकाको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको हो ।
घर नजिकै रहेको रुखमा जुटको डोरीको पिङ बनाएर खेल्ने क्रममा अचानक लड्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
४ असोज २०८०, शुक्रबार ०४:५० मा प्रकाशित