लिग २ को जारि सिरिजकै उच्च स्कोर बनाउदै नामिवियाले नेदरलैण्ड्सलाई २०४ रनको लक्ष्य दियो

Jhalkonepal

सुभेष सिनाल 

काठमाण्डौं, फागुन ११

आइसीसी लिग २ अन्तरगत नामिवियाले नेदरलैण्ड्सलाई रनको २०४ लक्ष्य दिएको छ । वर्षाले मैदान भिजेका कारण ढिलो शुरु भएको खेल ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिंग गरेको नामिवियाले ४२ औं ओभरमा २०३ रन बनाउदा आफ्ना सबै विकेट गुमायो  । टिमको खातामा १ रन मात्र बनेको अवस्थामा ओपनरलाई सुन्यमा गुमाएको नामिवियाले त्यसपछि लगातार विकेट गुमाए पनि रन बनाउन सफल भएको हो । ओपनर मलान क्रुगेरले ३९ रन बनाए भने जेन निकोलले रनआउट हुनुअघि ४९ रन बनाए । यस्तै जेन फ्रालिन्कले ३४ रन जोडे भने जेन ग्रिनले २२ रन जोडे । अन्तिम विकेटको रुपमा रुबेन ट्र्म्पलमेनले २३ रन जोडे

नेदरलैण्ड्सका आर्यन दत्त र भिभियान किंग्माले ३ विकेट लिए भने भेन्डेर मार्वीले २,२ विकेट लिए । यसै गरि सारिज अहमदले १ विकेट लिए ।  

जारि प्रतियोगितामा कुनै पनि टोलीले २०० भन्दा बढि रन बनाएको यो पहिलो पटक हो । यस अघि नेपालले नामिविया विरुद्ध १६९ रन बनाएको थियो । 


प्रतिक्रिया