काठमाडौं, असोज २८
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते हुनुभएका पाइलटलाई उपचारका लागि भारत लगिएको छ । ह्याम्स अस्पतालमा उपचार गरिरहनुभएका पाइलट प्रकाश सेडाईंलाई उहाँको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो । श्री एयरलाइन्सको चार्टर उडानमा उहालाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ।
शनिवार बिहान लुक्लाबाट लोबुचे सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा मिर्गौला पनि समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।
२७ असोज २०८०, आईतबार ०७:५३ मा प्रकाशित