बढ्यो खाना पकाउने ग्यास,पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

Jhalkonepal

काठमाण्डौ,भदौ १४ 

पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढेको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो। निगमले आज एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ३५ रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ १७ पैसा, डिजेलमा दुई रूपैयाँ ४८ पैसा र ग्यासमा एक सय ८६ रूपैयाँ ४५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।


प्रतिक्रिया