नेपाल ए टिमको पहिलो जित, क्यानडाको राष्ट्रिय टिम २ विकेटले पराजित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ८


नेपाल ए क्रिकेट टोलीले क्यानडाको राष्ट्रिय टोलीलाई २ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २४१ रनको लक्ष्य नेपालले ५० औ ओभरको पहिलो बलमा २४१ रन बनाएर खेल जित्यो । विजय लक्ष्य पछ्याउने क्रममा नेपालले  ८ विकेट गुमायो । नेपाल ए का लागि लागि आजका कप्तान सन्दिप जोराले अर्धसतकिय पारी खेल्दै टिमको जितको आधार तयार पारेका थिए । जोराले ७४ बलको सामना गरेर ६६ रन बनाए । जसमा ७ चौका र १ छक्का समेत उनले प्रहार गरे । ओपनर मायन यादवलाई पहिलो बलमै गुमाएको नेपाल एक समय १३ रन बनाउदा २ विकेट गुमाएर दवावमा परेको थियो । तर अर्को छेउबाट अर्जुन कुमालले धैर्यता पुर्वक खेल्दै महत्वपूर्ण ४० रन जोडे । यस्तै रसिद खानले टिमको लागि ४७ रन बनाए भने बसिर अहमदले नट आउट ५२ रन जोडेर टिमलाई जित सम्म पुगाए  । 

यसअघि नेपाल एले टस जितेर क्यानडालाई ब्याटिंगको निम्तो दिएको थियो । क्यानडाले ५० औं ओभरको पाचौ बलमा १० औ विकेट गुमाउदा २४० रन जोडेको गियो ।  क्यानडाको लागि श्रेयस मोभाले ६७ रन बनाए । यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र एरोन जोन्सनले ३६ रनको योगदान गरे । यी बाहेक अन्य ब्याटरले भने रन बनाउन सकेनन् ।

नेपाल ए को तर्फबाट शाहव आलमले ३ विकेट लिए भने रसिद खान र शेर मल्लले २,२ विकेट लिए । बसिर अहमद र सागर ढकालले पनि १,१ विकेटको योगदान गरे । 

नेपाल ए ले आज कप्तान विनोद भण्डारीलाई विश्राम दिएर सन्दिप जोराको नेतृत्वमा खेलिरहेको छ । जित संगै ३ खेलको श्रृंखला १(१ को बराबरीमा पुगेको छ । 

बेन्च स्ट्रेन्थ बढाउन नेपाल क्रिकेट एशोसिएशन क्यानले नेपाल ए टिमको निर्माण केही समय पहिले मात्र निर्माण गरेको थियो । नेपाल ए टिमको यो पहिलो जित हो । 


प्रतिक्रिया