काठमाण्डाैं, असोज ७
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा
भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा
रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री
नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल–भारतका आपसी चासो र
द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री
र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।
६ असोज २०८१, सोमबार ०६:३६ मा प्रकाशित