धनकुटा, चौत २
सडक छेउको रुख अचानक भाचिएर लाग्दा धनकुटा नगरपालिका-१ की ३० बर्षीया उषा तामाङको मृत्यु भएको छ । चैत्र १ गते प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाईकलमा श्रीमान संग धनकुटाबाट हिले तर्फ जाने क्रममा धनकुटा नगरपलिका-४ सल्लेरीमा सडक छेउमा रहेको रुख अचानक भाचिएर मोटरसाईकलको पछाडी सवार रहेकी तामाङलाई लाग्दा घाईते हुनुभएकाे थियाे । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा हिजाे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
२ चैत २०८०, शनिवार ११:१३ मा प्रकाशित