विराटनगरमा आन्दोलनरत विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडी जलाए

Jhalkonepal
विराटनगर , जेठ २७
विद्यार्थीको रिहाइका माग गर्दे आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र  प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइका माग गर्दे हिजाे देखि  विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन । 
विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् ।
मोरङको रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ परेका छन ।निजी विद्यालयहरूले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै ज्येष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र विद्यार्थीहरू गएका थिए । सो क्रममा उनीहरूले दुर्व्यवहार गरेको प्रहरीको दाबी छ ।  विद्यार्थीहरूले दुर्व्यवहार गरेपछि नगर रक्षकहरूसँग भएको झडपमा केही नगर रक्षक समेत घाइते भएका छन् ।  

 


प्रतिक्रिया