आठाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्रलाई

Jhalkonepal

 विराटनगर , चैत २५

ए डिभिजन टोली मछिन्द्र क्लबले आठाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० ले हराउँदै मच्छिन्द्र पहिलो पटक विराट गोल्डकप च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा मछिन्द्र २ गोल गर्न सफल भएको थियो । छिरिङ गुरूङ र हिसुब थपलियाले गोल गरेपछि मछिन्द्रले वर्षको तेस्रो उपाधि जितेको हो । ७ वटा गोल्डकपमा भाग लिएको मछिन्द्रले यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितेको थियो ।

थप समयको २३ औं मिनेटमा छिरिङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । थप समय सकिन १ मिनेट बाँकी रहँदा हिसुबले लामो दूरीबाट गोल गर्दै टोलीको जित निश्चित गरे ।

मछिन्द्रका लकेन लिम्बु फाइनलको प्येलयर अफ दी म्याच चुनिए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । सांग्रिलाका महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले मोटरसाइकल प्राप्त गरे । मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । मछिन्द्रकै स्टेफन सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान २१ हजार रुपैयाँ पुरस्कार पाए ।

मच्छिन्द्रले ट्रफीसहित ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

 

प्रतिक्रिया