काठमाडौं , असोज २९
आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६०
हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १००
रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज
चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२८ असोज २०८१, मङ्गलबार १०:५३ मा प्रकाशित