लिग २ मा नेपालको दोस्रो हार, नामिविया २ विकेटले विजयी

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, फागुन ९

नेपाल नामिवियासंग ३ विकेटले पराजित भएको छ । लिग २ अन्तरगत नेपालले दिएको १६९ रनको लक्ष्य नामिवियाले ३९ औ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नामिवियाका कप्तान इरामशले ५२ रनको महत्वपुर्ण पारी खेल्दै टिमको जितको आधार तयार पारे । इरामशले तयार गरेको आधारमा माइकल भानले ३१ रनले सघाए भने जेजे स्मीथले अन्तिम सम्म क्रिजमा रहेर ३४ रन जोडेर टिमको जित सुनिश्चित गरे । नामिवियालाई अन्तिममा रवेन ट्रम्पलमेनले १६ रन बनाएर साथ दिएका थिए । 

नेपालका तर्फबाट बलिंगमा कुशल भुर्तेलले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले १,१ विकेट लिए । 

यसअघि टस हारेर  पहिले ब्याटिंग गरेको नेपालले ३८ औं ओभरमा अलआउट हुदै १६८ मात्र रन बनाएको थियो । नेपालको तर्फबाट ओपनर आसिफ सेखले सर्वाधिक ५८ रन बनाए  । अर्का ओपनर कुशल भुर्तेलले आज पनि रन बनाउन सकेनन् । भुर्तेल १८ रन बनाएर आउट भए । यस अघिको खेलमा राम्रो प्रदर्शन गरेका अनिश शाहले शुन्यमा आउट भए । चौथो नम्बर प्रोमट भएर आएका देब खनाल पनि शुन्यमा आउट भएपछि नेपाल दवावमा परेको थियो । कुशल मल्लले ३ छक्का र १ चौकाको मद्दतमा ३६ रन बनाएर केही आशा जगाए पनि उनी गलत सट खेलेर आउट भए । कप्तान रोहित पौडेल आज पनि शुन्यमा आउट भए । सातौ नम्बरमा आएका भिम सार्कीले २६ रन जोडे भने आठौ नम्बरमा आएका दिपेन्द्र सिहं ऐरी पनि गलत सट खेलेर स्टपिंग हुन पुगे । दिपेन्द्रले ६ रन मात्र जोड्न सके भने करण केसीले अन्तिममा १२ रन बनाए । 

नामिवियाका  बेनार्ड स्कोल्ज र जेम निकोलले ४,४ विकेट लिए । जेक ब्रसेल र कप्तान इरासमसले पनि १,१ विकेट लिए । 

जारि प्रतियोतिगामा नामिवियासंग नेपालको यो लगातार दोस्रो हार हो । नेपालले अव २५ फरवरीमा नेदरलैण्ड्ससंग अन्तिम खेल खेल्नेछ । जितसंगै नामिविया अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । 


प्रतिक्रिया