काठमाण्डौ, कार्तिक २३
नेपाली बजारमा
शुक्रबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा दुई हजार
रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख
६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख
६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एकैदिन सुनको मूल्य तोलामा चार
हजार रुपैयाँले घटेको थियो ।
चाँदीको मूल्य पनि तोलामा २०
रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको
महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको
थियो ।
२२ कार्तिक २०८१, शुक्रबार ११:०५ मा प्रकाशित