एसीसी प्रिमियर कपको लागि नेपाली क्रिकेट टोली घोषणा

Jhalkonepal

काठमाण्डाैं , चैत २७

ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ।

एसीसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ। 

नेपालको टोलीमाः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा परेका छन् तर तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् ।

 

प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुँदैछ ।

प्रिमियर कपमा समूह ए वाट नेपाल, मलेसिया, हङकङ, साउदी अरेबिया र कतार खेल्दैछन् भने समूह बी वाट यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया खेल्दैछन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ ।

प्रतिक्रिया