पहिले टि२० आरयलैण्डले जित्यो, नेपाल ए २१ रनले पराजित

Jhalkonepal

 

सुभेष सिनाल

काठमाण्डौं, चैत्र १६

आयरलैण्डले बलिंग र ब्याटिंग दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ए पहिलो खेलमा रनले पराजित भएको छ । २२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा एक समय ३ विकेटको क्षतिमा १८८ रनको सहज अवस्थामा पुगेको नेपाल त्यसपछि धरासयी हुन पुग्यो । त्यस बेला ७ विकेट बाकी हुदाँ नेपाल ए लाई ३० बलमा ४८ रनको आवश्यकता थियो । नेपालले अन्तिम १३ रन बनाउन ७ विकेट गुमायो ।  दबाबमा पनि आयरलैण्डका बलरले उत्कृष्ट बलिंग गर्दैै नेपाललाई २०१ रनमा अल आउट गर्न सके । त्यसअघि नेपाली ओपनर लोकश बमले उत्कृष्ट सतकिय पारी खेल्दै नेपाललाई जितको नजिक पुगाएका थिए । लोकेशले ५६ बलको सामना गर्दै ८ छक्का र ९ चौकाको मद्दतमा १०६ रन बनाएका थिए । लोकसलाई ४९ रन बनाएर आरिफ सेखले साथ दिएका थिए । त्यस बाहेक कप्तान विनोद भण्डारीले १६ रन बनाए भने नेपालले २१ रन अतिरिक्त रनको रुपमा पाएको थियो । 

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको आयरलैण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । आयरलैण्डका लागि सबैभन्दा वढि पिटर मोरले ४९ रनको योगदान गरे । यस्तै काड कारमिचेलले ३८, स्टेफन डोनीले ३४, कप्तान निल रकले ३८, ग्रेथ डेलिनले ३० र गेभिन होयले १८ रन बनाएका थिए । 

नेपालका तर्फबाट कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ सेखले १,१ विकेट लिएका थिए 


प्रतिक्रिया