अन्तिम टेष्टको पहिलो दिन भारतले गुमायो लय

Jhalkonepal

काठमाण्डौ, सावन १६

भारत र इंग्लैण्ड विच अन्तिम टेष्ट हिजो देखि शुरु भएको छ । अन्तिम टेष्टको पहिलो दिन भारतले २०४ रन बनाउदा ६ विकेट गुमाएको छ । टस हारेर ब्याटिंग गर्ने अवसर पाएको भारत शुरुवात देखि नै दवावमा देखियो । तेस्रो ओभरमै ओपनर यसस्वी जयसवाल २ रन मात्र बनाएर आउट भए । त्यसपछि विकेट झर्ने क्रम निरन्तर चलिरह्यो । बर्षाले अवरोध गरेको खेलमा भारतका करुन नैर बाहेक अन्य व्याटरले लय समाउन नसके पछि लगातार विकेट गुमाउदै गयो । भारतका लागि नैरले नटआउट ५२ रन बनाएर खेलिरहेका छन । साइ सुर्दशनले ३८ रन बनाएर, भने कप्तान शुभमन गिल २१ रन मा रनआउट भए । केएल राहूल १४ रनमा आउट हुदाँ रविन्द्र जडेजाले ९ रन मात्र बनाए । घाइते रिसब पन्तको स्थानमा खेल्ने मौका पाएका विकेटकिपर व्याटर धु्रव जुरेलले पनि १९ रन मात्र बनाउन सके । पहिलो दिनको खेल सकिदा करुन नैर ५२ र बासिंग्टन सुन्दर १९ रन बनाएर खेलिरहेका छन । 


इंग्लैण्डका तर्फबाट जोस टंग र गस एटकिन्सनले २,२ विकेट लिए भने क्रिस वोक्सले १ विकेट लिए । चौथो टेष्टमा उत्कृष्ट व्याटिंग र बलिंग गरेका बेन स्टक घाइते भएपछि पाँचौ टेष्टमा इंग्लैण्ड ओली पपको नेतृत्वमा खेलिरहेको छ । 

प्रतिक्रिया