बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Jhalkonepal


झापा,  मंसिर ११


झापाको कमल गाउँपालिका-४ का २३ बर्षीय आषिश तामाङलाई बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।


आज बिहान साँढे ६ बजे तामाङले ४५ बर्षीय बुबा भोला कुमार तामाङलाई धारिलो हतियार  प्रहार गरी हत्या गरी फरार भएका थिए । तामाङलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले  कमल गाउँपालिका-४ दुधेबाट पक्राउ गरेको हो ।


मृतक तामाङको कानूनि प्रकृया पुरा गरी शव परिक्षणको लागी दमक अस्पताल पठाएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया