झापा, कार्तिक १४
झापाको बिर्तामोड नगरपालिका-१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको
ठक्करबाट बृद्दाको मृत्यु भएको छ । सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै
गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले
बिर्तामोड नगरपालिका-४ कि ६९ बर्षिया सिता साह कल्वारलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते हुनुभएकी उहाको उपचारको क्रममा प्रादेशीक
अस्पताल भद्रपुरमा मृत्यु भएको हाे। एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई
नगरपालिका-३ का ३६ बर्षिय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला
प्रहरी कार्यालय झापाले जनाएको छ ।
१३ कार्तिक २०८०, मङ्गलबार ०९:२० मा प्रकाशित