सुभेस सिनाल
काठमाण्डौं, माघ १४
भारत र इंग्लैण्डका विचको पहिलो टेष्ट इंग्लैण्डले २८ रनले जितेको छ । टेष्ट खेलको चौथो दिन २३० रनको लक्ष्य पाएको भारतले खराब प्रर्दशन गर्दै आफ्ना सबै विकेट २०२ रन बनाएर गुमायो । जनवरी २५ तारिखमा हैदरवादमा शुरु भएको टेष्टमा इंग्लैण्डले पहिलो पारीमा २४६ रन मात्र बनाउन सकेको थियो । पहिलो पारीमा ४३६ रनको विशाल स्कोर बनाएर भारतले १९० रनको अग्रता लिएको थियो । भारतको पहिलो पारीमा यसस्वी जैसवालले ८०, केएल राहुलले ८६, रविन्द्र जडेजाले ८७, अक्सर पटेलले ४४ र श्रेस ऐयरले ३५ रन बनाएका थिए ।
१९० रनले पछि परेको अवस्थामा इंग्लैण्डले दोस्रो पारीमा ओली पोपेको १९६ रनको मद्धतमा ४२० रन बनाउन सफल भयो । दोस्रो पारीमा वेन डुकेटले ४७, जेक क्रोलेले ३१, बेन फोक्सले ३४, टोम होर्टलीले ३४ र रेहन अहमदले २८ रन बनाएका थिए ।
जितको लागि मात्र २३० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भारतले पहिलो पारी जस्तो प्रदर्शन गर्न नसक्दा २८ रनले खेल गुमायो । भारतका तर्फबाट दोस्रो पारीमा रोहित शर्माले ३९, केएल राहुलले २२, श्रीकार भरतले २८ र रविचन्द्र आश्विनले २८ रन बनाए । भारतले आफ्नो अन्तिम विकेट सिराज खानको रुपमा गुमाउदा २०२ रन मात्र बनाउन सकेको थियो ।