काठमाण्डौ ,
बैशाख ६
नेपाली
राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको
अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रय क्रिकेट काउन्सिल
(आइसिसी) ले जारी गरेको नयाँ वरीयतामा ऐरीले १४औँ
स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् भने उनी टी २० वरीयतातर्फ एसोसिएट
राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन् ।
त्यसैगरी
ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्
। ऐरी अहिले ओमानमा चलिरहेको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट
प्रर्दशन गरिरहेका छन् । उनले कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका
थिए ।
ब्याट्सम्यानको
नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ
शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ
स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।