चौथो टेष्टको दोस्रो दिन इंग्लैण्ड बलियो अवस्थामा

Jhalkonepal

सुभेष सिनाल

सावन ९

भारत र इंग्लैण्ड विच चलिरहेको चौथो टेष्टको दोस्रो दिन इंग्लैण्डले खेलमा पकड बनाएको छ । दोस्रो दिन भारतका ६ विकेट लिनुका साथै इंग्लैण्डले २२५ रन समेत जोडको छ ।  ४ विकेट गुमाएर २६४ रनबाट दोस्रो दिनको खेल शुरुवात गरेको भारतले ३५८ रन जोड्दा आफ्न सबै विकेट गुमायो । दोस्रो दिन १ रन मात्र जोडेर रबिन्द्र जडेजा आर्चरको बलमा क्याच आउट भए । जडेजाले २० रन मात्र बनाउन सके । यस्तै घाइते रिसब पन्तले ५४, सार्दुल ठाकुर ४१ र बासिंगटन सुन्दरले २७ रन बनाए ।  अंशुल कम्बोज शुन्यमा आउट हुदाँ जसप्रित बुमराहले ४ र मोहम्मदर सिराजले ५ रन मात्र बनाए । पहिलो पारीमा भारतले ३० रन अतिरिक्त रनको रुपमा पाएको थियो । 

इंग्लैण्डका लागि बेन स्टोक्सले ५ विकेट लिए भने जोफ्रा आर्चरले ३ विकेट लिए  । यस्तै क्रिस बोक्स र लियाम डोसनले १,१ विकेट लिए ।


जवाफमा मैदानमा उत्रिएको इंग्लैण्डले पहिलो विकेटको लागि १६६ रनको साझेदारी गरि बलियो शुरुवात गर्यो । ओपनर जेक क्रोओलीले ८४ र बेन डकेटले ९४ रन जोडे । दोस्रो दिन खेल समाप्त हुदाँ इंग्लैण्डले २ विकेट गुमाएर २२५ रन बनाएको छ । ओली पोप २० र जोय रुट ११ रन बनाएर क्रिजमा छन । भारतका तर्फबाट जडेजा र कम्बोजले १,१ विकेट लिएका छ । 

पहिलो पारीमा इंग्लैण्ड भारत भन्दा १३३ रनले मात्र पछि छ ।   


प्रतिक्रिया