‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदै

Jhalkonepal

काठमाडौं,मंसिर १

 ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ आज राष्ट्रिय कर दिवस,  मनाइँदैछ ।

आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।

अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगततर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् ।

आर्थिक वर्ष २०८०/८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिकतर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा एउटा ठूलो करदाता कार्यालय, एउटा मध्यम स्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालय सञ्चालनमा छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीअर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया