काठमाण्डौं, फागुन २०
टेष्ट राष्ट्र् आयरलैण्डले मार्च महिनाको अन्तिम साता नेपाल भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट एशोसिएसन क्यान र आयरलैण्ड क्रिकेट विच भएको सम्झौता अनुसार आयरलैण्डको ए टिम नेपाल भ्रमणमा आउने भएको छ । क्यानका सचिव पारस खडकाले सामाजिक संजाल ट्वीटरमा आयरलैण्ड्स ए को स्वागतको लागि आतुर छौ भन्दै तालिका समेत सार्वजनिक गरेका छन ।
सचिव पारस खडकाका अनुसार आयरलैण्डको ए टिमले नेपालको राष्ट्रिय टोली संग दुइ वटा टि२०, नेपाल ए संग ३ वटा टि २० र नेपाल ए संग ३ वटा एकदिवसीय खेल खेल्नेछ ।
टि२० विश्वकपको तयारीको लागि नेपाली टोलीले आयरलैण्ड्सको ए टोलीसंग खेलेर अभ्यास गर्नेछ । नेपाली राष्ट्रिय टोलीले मार्च २४ र २५ मा दुइ टि२० खेल आयरलैण्ड्स ए विरुद्ध त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । यस्तै नेपाल ए ले आयरलैण्ड्स ए संग मार्च २८,२९ र ३१ मा टि२० खेल्नेछ । अप्रिलको ३, ५ र ७ मा नेपाल ए र आयरलैण्ड्स ए का विच तिन एकदिवसीय खेल पनि हुनेछ ।